दार्चुलाको नौगाडका स्थानीय आठ वर्षदेखि अन्धकारमा बस्न वाध्य

दार्चुला – दार्चुलाको नौगाडका स्थानीय आठ वर्षदेखि अन्धकारमा बस्न वाध्य छन । जिल्लाको नौगाड गाउँपालिका १ मा विद्युत विस्तार नभएपछि त्यहाँका स्थानीय अन्धकारमा बस्न वाध्य भएका हुन्।

२०७० सालमा आएको बाढीले वडा नम्बर १ को लल्लो भेगमा रहेको स्थानीय विद्युत लाइन बगाएपछि पुनर्निर्माणको काम हुन नसकेको लल्लोका स्थानीय जयसिंह ठगुन्नाले बताए। स्थानीयस्तरको विद्युत मर्मत हुन नसकेपनि राष्ट्रियस्तरको लाइन जडानका लागि पटक पटक आग्रह गरेपनि स्थानीय तहका जनप्रतिनिधिहरुले चासो नराखेको बताइएको छ।

उक्त वडाका अध्यक्ष करन डडालले छिट्टै पालिकाभरि राष्ट्रिय प्रसारण लाइन जोड्ने उद्देश्यले ठेक्का सम्झौताको प्रक्रियामा रहेको बताए ।

Leave A Reply

Your email address will not be published.