मिलमा सल बेरिएर एक महिलाको मृत्यु

दार्चुला – अछामको चौरपाटी गाउँपालिका – ४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा काम गरिहेको बेला आज सल बेरिएर उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा उहाँको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए ।

मृतक बोहराको शरीर दुई भाग भएको छ । उनका दुई छोरा दुई छोरी छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.