सिरहा – सस्शत्र प्रहरीले सिरहाको सीमा नाका नवराजपुर गाउँपालिकाबाट भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणमा लाखौं रुपैयाँ बराबरको अवैध कपडासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका ३ जगतपुरका श्रीराम यादव रहेका छन् । यादवलाई भन्सार छलेर ल्याएको करिब ४ लाख रुपैयाँ बराबरको कपडासहित पक्राउ गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बिओपी नवराजपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेले मध्यान्हलाई बताए ।
बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि इनर्वा ठाडी भन्सार कार्यालयमा पठाइएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।
