भारत र इङ्ग्ल्यान्डबीचको पाँचौँ टेस्ट कोभिड–१९ का कारण रद्द

दार्चुला । भारत र इङ्ग्ल्यान्डबीच म्यानचेस्टरमा आज हुने भनिएको पाँचौँ टेस्ट कोभिड–१९ सङ्क्रमणका कारण रद्द भएको छ ।

ओल्ड ट्राफर्ड स्टेडियममा आजदेखि पाँचौँ र अन्तिम टेस्ट हुने तय भएको थियो तर क्याम्पमा कोभिड–१९ सङ्क्रमण फैलिने डरका कारण खेल रद्द गरिएको बीबीसीले जनाएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) को आपसी सहमतिमा खेल रद्द गर्ने घोषणा गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार गएको बुधवार भारतका फिजियोथेरेपिस्ट योगेश परमार कोरोना सङ्क्रमित भएका थिए ।

पाँच खेलको टेस्ट शृङ्खलामा भारत दुई–एकले अघि थियो ।

Leave A Reply

Your email address will not be published.