दाङमा आगलागी पाँच जनाको ज्यान गयो, एक जना घाइते

दार्चुला । तुलसीपुर उपमहानगरपालिका (५ को ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा भएको आगलागीमा परि ज्यान गुमाउने पाँच जनाकै पहिचान खुलेको छ ।

ज्यान गुमाउनेमा एकै परिवारका तीन जनासहित अन्य दुई जना रहेका छन् ।

ज्यान गुमाउनेमा इरम फुटवेयरका सञ्चालक तुलसीपुर उपमहानगरपालिका(५ का नजरदिन अली, उहाँकी छोरी सजिता खातुर र छोरा आविदिन अली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

अली अन्दाजी ४२ वर्षीय, उहाँकी छोरी साजिता १४ वर्षीया र छोरा आविदिन ६ वर्षको हुनसक्ने प्रहरीको अनुमान छ ।

आगोमा परेर त्यही पसलमा काम गर्ने अन्दाजी १५ वर्षीय हसज बकस र १७ वर्षीय मसिन बकसको ज्यान गएको छ । मृतकहरुको शव अहिले राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

आज बिहान २ बजेदेखि लागेको आगोमा परेर चार जना बालबालिकासहित एक जना पुरुषको ज्यान गएको हो । आगो अहिले नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.