फागुन एकदेखि १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको बुस्टर डोज

दार्चुला । सरकारले फागुन एक गतेदेखि १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोपको बुस्टर डोज खोप दिने भएको छ।

शुक्रबार मन्त्रालयको कार्यभार सम्हालेको १०० दिनका उपलब्धीहरु सार्वजनिक गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सो जानकारी दिएका हुन् ।
‘१ फागुनदेखि यसअघि खोप लगाएर ६ महिना पुगेका सबै नागरिकलाई बुस्टर डोज खोप दिइने छु उनले भने।

यस्तै उनले सरकारको पहिलो लक्ष्यका रुपमा रहेको कोरोना विरुद्धको खोप अभियानलाई मूर्तरूप दिन सम्पूर्ण संयन्त्र परिचालित गरिएको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.