Naya Sadar
Badar

ओमानसँगको खेलमा नेपालको जित

Sadar Sano

दार्चुला । चार देशीय टी( २० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगको खेलमा नेपालले जित हात पारेको छ । ओमानले दिएको एक सय ३६ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ७३ रन बनाए । यस्तै आरिफ शेखले २५ रनको योगदान गरे । बलिङतर्फ ओमानका लागि कलेमुल्लाहले दुई विकेट लिए ।

Naya Mat patra

यसअघि अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनायो । उसका लागि जेशान मक्सुदले नटआउट ४३ रन बनाए । यस्तै मोहम्मद नदीमले ३१ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि अविनाश बोहराले तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक–एक विकेट लिए ।

आजको खेलसँगै दीपेन्द्रसिंह ऐरीले टी–२० करिअरमा आफ्नो पाँच सय रन पूरा गरेका छन् । उनी यो उपलब्धि हात पार्ने नेपालको पहिलो खेलाडी बनेका छन् । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले यो उपलब्धि हात पारेका छन् ।

यस्तै आजको खेलबाट कप्तानमा डेब्यु गरेका सन्दीप लामिछानेले पहिलो खेलमा नै सफलता हात पार्न सफल भए ।

 

Leave A Reply

Your email address will not be published.