पछिल्लो २४ घण्टामा ८ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

दार्चुला-  पछिल्लो २४ घण्टामा आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ५४ जनाको नमूना परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप एक हजार आठ सय २६ जना निको भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ लाख ३४ हजार ६ सय ४८ जना पुगेको छ । थप ४ जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ८२ जना पुगेको छ ।

अहिले नेपालमा २६ हजार १ सय २ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार आठ सय ३७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सहित नेपालमा एक करोड ८२ लाख २० हजार आठ सय जनाले कम्तीमा एक मात्रा र एक करोड ६३ लाख २४ हजार ९ सय जनाले पूर्ण मात्रा खोप लगाएका छ । बुस्टर डोज लगाउनेको संख्या ७ लाख १३ हजार ९ सय जना पुगेको छ ।

 

Leave A Reply

Your email address will not be published.