डोटी र अछाममा निःशुल्क प्लाष्टिक सर्जरी शिविर संचालन हुने

दार्चुला । डोटी र अछाममा निःशुल्क प्लाष्टिक सर्जरी शिविर संचालन हुने भएको छ। कीर्तिपुर अस्पतालको आयोजना तथा स्माइल ट्रेन र रिसर्ज ईन्टरनेशनलको सहयोगमा फेक्ट नेपाल तथा कीर्तिपुर अस्पतालको प्राविधिक सहयोगमा जिल्ला अस्पताल डोटी र बयलपाटा अस्पताल अछाममा निःशुल्क प्लाष्टिक सर्जरी शिविर संचालन हुने भएको हो।

शिविरमा ओठ तथा तालु चिरिएका, खुडे तथा आगोले पोलेर एक भाग अर्को भागसँग जोडिएको कुँजो भएका मानिसहरूको उपचार गरिने आयोजक संस्थाका तर्फबाट हरिकृष्ण अधिकारीले जानकारी दिए। डोटी जिल्ला अस्पतालमा भदौ २६, २७ र २८ गते उपचार गरिने छ। यस्तै बयलपाटा अस्पतालमा भदौ २९ गते शिविर संचालन गरिने जनाईएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.