Naya Sadar
Badar

नेपालद्धारा फिलिपिन्सलाई २१९ रनको लक्ष्य  ,भुर्तेलको शतक 

Sadar Sano

दार्चुला । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ ।

Naya Mat patra

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय १८ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका हुन् । यसअघि टी–ट्वान्टीमा नेपालको तर्फबाट पारस खड्का र ज्ञानेन्द्र खड्काले शतक प्रहार गरेका छन् ।

ऐरीले ४७ बलमा ८३ रन बनाउँदा लोकेश आशिफ शेख पहिलो बलमै आउट भए भने लोकेश बलले ३ बलमा ६ रन बनाउँदै अविजित रहे । फिलिपिन्सका डेनियल स्मिथ, मिग्गी पोडोस्की र गुर्भुपिन्दर चोहानले समान एक–एक विकेट लिए ।

Leave A Reply

Your email address will not be published.