लागुऔषधसहित २ जना पक्राउ

दार्चुला । कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत मातहत बोर्डर आउट पोष्ट दोधाबाट र नेपाल प्रहरीको लागु औषध ब्युरोबाट खटीएको संयुक्त टोलीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो।

जिल्लाको पुनर्वास नगरपालिका १० दोधापुलबाट सु.प्र.प ०१–००७ प ९५१८ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका २ सरस्वतीनगरका अन्दाजी २८ वर्षया शेरबहादुर थापा र बर्ष २६ का दिपक बिष्टलाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट १.५ ग्राम ब्राउन सुगर फेला पारी दुबै जनालाई आवश्यक कारबाहीको लागी ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको गणले जनाएको छ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.