आज देखि दार्चुलाको गोकुलेस्वर मा शिबरात्री मेला सुरु

दार्चुला- दिपक साउँद
दार्चुला र बैतडी को सिमा मा पर्ने दार्चुला को दोस्रो ठूलो बजार गोकुलेस्वरमा आज देखि शिबरात्री मेला आरम्भ भएको छ। कम्तीमा एक हप्ता सम्म लाग्ने भब्य मेलामा जिल्ला भरी का र छिमेकी जिल्ला बैतडी डडेल्धुरा कैलाली सम्म का व्यापारी पनि मेलामा आउने गरेका छन। करिब ७ दिन सम्म लाग्ने उक्त मेलामा मेला हेर्न आउने हरुको निक्कै घुइँचो हुने गर्दछ। उक्त मेलामा सुदुरपस्चिम को सस्कृती देउडा खेल खेलेर रमाइलो गर्ने गर्छन।
यो मेलालाई ब्यापारिक दृष्टीकोणले पनि महत्वपुर्ण मानिने गरेको छ । गोकुलेश्वर मेलामा स्थानिय स्तरमा उत्पादन भएका सामग्रीको व्यापार हुने गर्दछ । स्थानीय उत्पादनको ब्यापारका लागी गोकुलेश्वर मेला निकै प्रसिद्ध मानिन्छ । हरेक बर्ष उनबाट हातले बनाएका सामग्री समेत मेलामा बिक्रीको लागि राख्ने गरिन्छ। मित्रराष्ट भारत बाट समेत यो मेलामा आउने गर्दछन।  गोकुलेस्वर मेलामा निगालोबाट निर्माण हुने सुप्पो, डोका, छाप्रा, मोट्टा लगायतका सामग्रीको कारोवार हुने गरेको छ । यसैगरि तामा, फलाम, आल्मोनियमका भाँडाकुडाहरुको राम्रो कारोबार हुने गरेको ब्यापारिहरुले बताएकाछन् । यस्तै फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व जगत्को कल्याण गर्ने तत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ । शिवरात्रिको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।राष्ट्रिय सांस्कृतिक पर्व यस दिन मंगलबार पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.