पाकिस्तानको एउटा मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गयो, ५० जनाभन्दा बढी घाइते

दार्चुला- पाकिस्तानको एउटा मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ ।
कोचा रिसालदार क्षेत्रमा रहेको शिया मस्जिदमा गराइएको आत्मघाती विस्फोटमा ५० जनाभन्दा धेरै घाइते भएका पाकिस्तानका अधिकारीहरुलाई उदृत गर्दै अलजजिराले जनाएको छ । आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा रहेका प्रहरीलाई गोली हानेर भित्र प्रवेश गरेको खबरमा उल्लेख छ ।
अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मा लिएका छैनन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाको निन्दा गर्नुभएको छ । घटनाबारेमा अनुसन्धान भइरहेको पाकिस्तानी प्रहरीले जनाएको छ।
बढी

Leave A Reply

Your email address will not be published.