Naya Sadar
Badar

दार्चुलाको पनेबाजमा लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण कार्य ६० प्रतिशत सम्पन्न

Sadar Sano
Naya Mat patra

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिका ६ पनेबाज बस्तीको लागी ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजना निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । प्रदेश सरकारको कर्माङ्गत बजेट अनुसार उक्त बस्तीका लागि सञ्चालित लगानी कार्यक्रम अन्तर्गत बसेडी पनेबाज लिफ्ट प्रविधि खानेपानी योजना निर्माण शुरु भएको हो । बढ्दो बस्ती विकाससँगै खानेपानी आपूर्तिको समस्या बढिरहेको बेला बसेडी पनेबाज लिफ्ट प्रविधि खानेपानी उपभोक्ता समिती मार्फत शैल्यशिखर नगरपालिका ६ मा रहेको बसेडी मुहान बाट पानी तानेर वितरण गर्ने लागेको बसेडी पनेबाज लिफ्ट प्रविधि खानेपानी योजना का अध्यक्ष हर सिह धामीले बतानुभयो । उहाका अनुसार सौर्य ऊर्जाको प्रयोग गरेर बसेडी मुहान भन्ने ठाउमा निर्माण गरीएको रिजर्भ ट्यांकीमा पानी प्रशोधन गरी पाइप लाइनमार्फत घरघरमा वितरण गर्ने बताउनुभयो । प्रदेश सरकारको सहयोगमा आर्थिक बर्ष २०७७,०७८ को लागी नौ लाख लगानीमा निर्माण कार्य सुरु भएको छ । खानेपानि योजनाबाट शैल्यशिखर नगरपालिका वडा न ६ पनेबाज बस्ती, बिद्यालय भुमीराज मन्दिर गरी करिब ८५ घरधुरी लाभान्वित हुने खानेपानी उपभोक्ता समितीका अध्यक्ष धामीले बतानुभयो ।कूल १९०० वाट क्षमताको ६० वटा सोलार प्यानलमार्फत २० हर्सपावरको मोटर १ वटा पम्प सञ्चालन गरेर प्रति घण्टामा नौ हजार लिटरका दरले पानी आपूर्ति गराइएको छ । इन्टेकबाट ४५ हजार लिटर क्षमताको रिजर्भ टंकीमा संकलन गरिएको पानी ७०० मिटर माथि रहेको अर्को टंकीमा पु¥याईने योजना रहेको अध्यक्ष धामी ले जानकारी दिनुभयो ।लामो समय देखी खानेपानी समस्या भोग्दै आइरहेका शैल्यशिखर नगरपालीका वडा नम्बर ६ पनेबाजका स्थानीय घरघरमा खाने पानि पुगने भए पछि हर्षित भएका छन् । र यसै बर्ष भित्र घर घरमा पानी पुग्ने भएपछि उपभोक्ता समिती र स्थानीय हर्षित भएका छन् ।खानेपानी लिनको लागि सवा घण्टाको बाटोमा हिँडेर पानी बोक्नुपर्ने बाध्यता पनि हटेको छ ।

Leave A Reply

Your email address will not be published.