डडेल्धुरा ईस्पीकिङग आईडल २०७८ फागुन ३० मा

दार्चुला — डडेल्धुरा ईस्पीकिङग आईडल २०७८ को जिल्ला अडिसन डडेल्धुरा सदरमुकाममा हुने भएको छ ।
जिल्ला सदरमुकामको निर्माण व्यवसायी संघको हलमा यहि ३० गते हुने भएको छ । डडेल्धुराको पर्यटन विकासमा हाम्रो भुमिका शिर्षकमा विद्यार्थीहरुले पाच मिनेट बोल्ने छन् ।

जिल्ला अडिसनका लागि सातै पालिकामा पालिका अडिसन भईसकेका छन् । सातै पालिका बाट करिब २० जना विद्यार्थीहरु सहभागि हुने कार्यक्रम संयोजक दिपक राज भट्टले जानकारि दिएका छन्।
कार्यक्रमको आयोजक खबरदारी न्युज साप्ताहिक पत्रिका रहेको छ भने सह आयोजक शिखर बशुउद्धेशीय विकास समाज डडेल्धुरा र प्रर्वद्धकमा बोलन्याथली रहेको छ, यस्तै पुरुस्कार आयोजक समाजसेवी विनय मल्ल रहेका छन् ।
जिल्ला अडिसनमा प्रथम पुरुस्कार रु १५,०१५ , द्धतिय रु १०,०१०, तृतिय रु २५,२५ र सान्तोना रु १,०१० रहेको छ ।जिल्ला अडिसनको तयारि अन्तिम चरणमा रहेको भट्टले बताए ।
जिल्लाको समग्र बिकासका लागि विद्यार्थीहरु मार्फत जानकारि गराउनुको साथै, विद्यार्थीह्रुको नेतृत्व विकासका लागि यस कार्यक्रमले भुमिका खेल्ने हिक्मत मालीले जानकारी दिए ।
कोरोनाले २ बर्ष सम्म विद्यार्थीहरुका लागि अतिरिक्त किृयाकलाप नभएकाले यस कार्यक्रमले विद्यार्थीहरुलाई प्ररित गर्ने छ ।

Leave A Reply

Your email address will not be published.