प्रमुख भन्सार विन्दुहरूमा भेइकल स्क्यानर जडान गर्न अर्थ मन्त्री शर्माको निर्देशन

दार्चुला । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशीघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिनुभएको छ।

 

भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको हो।

भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन। उहाँले मालवस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमान्दारी कायम गरी राजस्‍व संकलन वृद्धि गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो।

Leave A Reply

Your email address will not be published.