कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि हुने

दार्चुला – कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको हो ।

यसअघि जेठ १८ गतेदेखि हुने भनिए पनि आजको बोर्ड बैठकले १६ गतेदेखि गर्ने निर्णय गरेको हो ।

बोर्ड यस वर्ष पनि अनलाइनबाटै प्रश्नपत्र पठाउने भएको छ । कोरोनाभाइरस संक्रमण महामारीका कारण गतवर्ष प्रकाशन बन्द गरेको बोर्ड यसअघि भएका कमीलाई शुधार्दै प्रश्नपत्र भने अनलाइन नै पठाउने भएको छ ।

बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् ।

Leave A Reply

Your email address will not be published.