दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ बाँकुमा बँदेलका लागि थापेको पासोमा चितुवा फसेको छ ।
बिहीबार बिहान चितुवा पासोमा फसेको डिभिजन वन कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रमानन्द कुँवरले बताए ।
स्थानीय हरुले चितुवा पासोमा फसेको देखे पछि डिभिजन बन कार्यालय दार्चुला लाई खबर गरेका थिए ।
डिभिजन बन कार्यालय दार्चुला का निमित्त प्रमुख कुवर का अनुसार पासोमा फसेको चितुवाको उद्धारका लागि पहल भइरहेको र उद्धार गर्ने सामग्री नभएका कारण प्रमुख जिल्ला अधिकारी को सहयोग मा बाँकेबाट टोली मगाएर उद्दार गरिने बताए ।