सर्लाहीमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, ३० घाइते

दार्चुला । सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा ३० जनाभन्दा धेरै घाइते भएका छन् ।

वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना ४ ख ८५ ५५ नम्बरको यात्रुवाहक बस फुलजोर बजार नजिकै रहेको फुलजोर खोलामा खस्दा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाएकाको परिचय खुलेको छैन ।

दुर्घटनामा घाइते भएकाहरूको लालबन्दीमा रहेको स्वास्थ्य संस्थामा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.