बझाङमा एक युवाको खोलामा डुबेर मृत्यु

बझाङ – बझाङको बित्थडचिर गाउँपालीका वडा नम्बर ४ देउलेख घर भएका बर्ष करिव १८ का कमल बोहराको पानीमा डुबेर मृत्यु भएको छ ।

दिउसो बाउलि गाड खोलामा पौडी खेल्ने क्रममा उनको पानीमा डुबेर मृत्यु भएको हो। आज दिउँसो करिब ४ बजेतिर बोहराको नुहाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

नुहाउने क्रममा वाउलि खोलामा डुबेर समयमै उद्वार नभएकाले बोहराको घटना स्थलमै मृत्यु भएको हो । मृतक बोहोरालाइ पोस्मार्टमको लागि जिल्ला अस्पताल सिमखेत लगेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.