दार्चुला । नेपाली क्रिकेट खेलाडी र मैदानका कर्मचारीको तलब बढेको छ । नेपाल क्रिकेट सङ्घ क्यानको बोर्ड बैठकले केन्द्रीय सम्झौतामा रहेका पुरुष तथा महिला खेलाडी र क्यान अन्तर्गतका मैदानमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको हो । क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान मासिक १० हजार रुपैयाँका दरले बढाएको छ । यसअघि एु ग्रेडका खेलाडीले ५० हजार, बीु ग्रेडका खेलाडीले ४० हजार र सीु ग्रेडका पुरुष खेलाडीले ३० हजार रुपैयाँ पाउँदै आएका थिए ।
त्यस्तै महिलातर्फ सीु ग्रेडमा रहेका खेलाडीको पाँच हजार, एु र बीु ग्रेडमा रहने खेलाडीको ६ हजार रुपैयाँको दरले बढेको छ । यसअघि सीु ग्रेडका महिला खेलाडीले १० हजार र बीु ग्रेडका खेलाडीले १२ हजार रुपैयाँ तलब पाउँदै आएका थिए । यस्तै मैदानका सम्पूर्ण कर्मचारीको तलब तीन हजार, कार्यालय सहयोगीको पाँच हजार र पिच क्युरेटरको तलब मासिक ६ हजार रुपैयाँका दरले बढेको छ ।