धनगढीको एक राइस मिलमा आगलागी

धनगढी – धनगढीको एक राइस मिलमा आगलागी भएको छ। धनगढी उपमहानगर १५ कनरीस्थित गायत्री राइस मिलमा आगलागी भएको हो। उक्त मिलमा बिहीबार बिहान साढे १० बजे आगलागी भएको बताइएको छ।

आगलागीका कारण मिलको अन्न जलेर नष्ट भएको मिलका सञ्चालक किरण सिंहले बताए। खरले छाएको भान्साबाट सल्किएको आगो मिलमा पसेपछि क्षतिको मात्रा बढेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अहिले आगो नियन्त्रणमा लिइएको छ।

Leave A Reply

Your email address will not be published.