दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाँजमा एक पुरुष मृत फेला परेका छन ।
महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडक खण्डको चैतलीचौर नजिक भुँणा खोला भन्ने ठाउँमा नगरपालिकाको वडा नम्बर ६ का ५५ बर्षिय जय सिंह धामी मृत फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकीदेखि हराएका धामी आज विहान स्थानीयले खोजी गर्दा मृत फेला परेका हुन । आफै घर जाने बाटो धामीको शब फेला परेको प्रहरीले जनाएको छ ।
घट्ना स्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र मालिकार्जुन प्रहरी चौकीे टोलीले मुचुल्का तयारी पारि शव पोष्टमार्टमाको लागी गोकुलेश्वर अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। शरिरमा कुनै पनि चोटपटक नरहेका धामीको मृत्यु कसरी भयो भन्ने बारे यकिन नभएको प्रहरीले जनाएको छ ।