कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत

दार्चुला । कैलालीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बुधबार जानकी गाउँपालिका २२ वर्षीय हरि शंकर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जानकारी दिएको छ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.