Naya Sadar
Badar

एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपालले आज कुवेतसँग खेल्दै

Sadar Sano

दार्चुला । एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपालले आज शनिवार कुवेतसँग खेल्दैछ । खेल मलेसियाको किनरारा मैदानमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

Naya Mat patra

नेपालले हिजो शुक्रवरा भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । तालिकामा नेपालको दुई अङ्क रहेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन भएको थियो । कुवेतसँग नेपालले यसअघि खेलेका दुई खेलमा जित निकालेको छ ।

च्याम्पियनशिपमा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ुबीु मा छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । नेपालले आउँदो सोमवार बहराइन र अन्तिम खेलमा मङ्गलवार हङकङसँग खेल्नेछ ।

च्याम्पियनशिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

Leave A Reply

Your email address will not be published.