एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज बहराइनसँग खेल्दै

 दार्चुला । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज बहराइनसँग खेल्दैछ ।

खेल किनरारा ओभलमा बिहान सवा ८ बजे हुनेछ । आज नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

 

नेपालले यसअघि  पहिलो खेलमा भुटानलाई ५० रनले र कुवेतलाई २५ रनले हराएको थियो । समूह ुबीु मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ ।

नेपालले २ खेलमा ४ अङ्क जोडेको छ । बहराइनलाई हराएमा नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ ।

बहराइन २ खेलमा १ अङ्क जोडेर चौथो स्थानमा रहेको छ । नेपालले अन्तिम खेलमा भोलि  हङकङसँग खेल्नेछ ।

health
Leave A Reply

Your email address will not be published.