९० किलो गाँजासहित २ जना पक्राउ

दार्चुला – पर्साको वीरगञ्जमा कारका राखिएको ९० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ को बाटो हुँदै ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना पाएपछि खोज्दै जाँदा प्रहरीले बगही गेट नजिकैबाट गाँजासहित भारतको उत्तर प्रदेशका रवीकान्त भारती र विहारका सुनिल भारतीलाई पक्राउ गरेको हो ।

उनीहरूले भारतीय नम्बर प्लेटकै कारमा राखेर गाँजा भारततर्फ लगिरहेका थिए ।

Leave A Reply

Your email address will not be published.