Naya Sadar
Badar

खोलाले बगाउँदा एक किशोरीको मृत्यु

Sadar Sano

दार्चुला – दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ ।

Naya Mat patra

महाकाली नगरपालिका वडा नम्बर ३ काँटैकि १४ बर्षीय कबिता बडाल घाँस काटेर घर फर्किने बेला कल्चौडे खोला तर्दै गर्दा बेपत्ता भएकी थिइन । बेपत्ता भएपछि प्रहरी ससस्त्र प्रहरी र स्थानियहरुले खोजि कार्यगर्दा करिब एक सय ५० मिटर तल बडालको शब भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी जगत मगरले बताउनुभयो ।

प्रहरीका अनुसार कबिता बडाल र उनिकी ठुलि आमा नन्दा बडाल संगै घाँस काट्न घरबाट निस्केका र घाँस काटेर फर्कीदा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उनी संगै रहेकि ठुली आमा नन्दा बडाल स्थानीयले खोजि गर्दा खोलाको किनारमा बेहोस अबस्थामा फेला परेका छन । फेला परेपछि उनको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको आफन्तले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.