मालिकार्जुनको एक विद्यालयमा: कर्मचारी भर्नामा शिक्षा शाखाको हस्तक्षेप भएको आरोप

दार्चुला – मालिकार्जुन गाउँपालिका २ मा रहेको रानिस्थान आधारभुत विद्यालयमा मनमानी ढंगले कार्यालय सहयोगी भर्ना गर्ने विषयमा विद्यालयले आपत्ति जनाएको छ । मालिकार्जुन गाउँपालिका शिक्षा शाखाले आफूखुसी कार्यालय सहयोगी भर्ना गर्न लागेको भन्दै विद्यालयले आपत्ति जनाएको हो ।

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको निर्णयले हुने काम शिक्षा शाखा प्रमुख लोकेन्द्र सिंह धामीले गर्न लागेको विद्यालयका प्रधानाध्यापक कल्यान सिंह धामीले बताउनुभयो।

एक्लै शिक्षा शाखाको निर्णयले विद्यालयमा कर्मचारी भर्ना गर्ने हो भने विद्यालय व्यवस्थापन समितिको के काम ? यसको अर्थ विद्यालय व्यवस्थापन समितिलाई नटेरेको हुन्छ, यो घटना सामान्य होइन, प्रधानाध्यापक धामीले भने ।

कार्यालय सहयोगी पदका लागि जम्मा ६ जनाको उम्मेदवारी परेको विद्यालयले जनाएको छ । उमेदवारहरुको हस्ताक्षरसहित जस्ताका त्यस्तै शिक्षा शाखामा लिई सो प्रक्रिया अगाडि बढाउन विद्यालयको पहिलो बैठमै विषय विशेषज्ञ छनोट गर्ने विद्यालय व्यवस्थापन समितिको अधिकार शिक्षा शाखा प्रमुखबाट हनन् भएको विद्यालयको भनाइ छ ।

उता शिक्षा शाखा प्रमुखलाई बुझ्दा परीक्षा लिएर मात्र कार्यालय सहयोगी छनोट गर्ने भने पछि विद्यालयका प्रधानाध्यापकले बिना परीक्षा भर्ना गर्नुपर्ने धम्की समेत दिएको शिक्षा शाखा प्रमुख लोकेन्द्र सिंह धामीको भनाइ छ । उनले भने, विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफ्नो मनमानी ढंगले कार्यालय सहयोगी भर्ना गर्नुपर्ने दबाब दिइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.