मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार राति पुर्नवास नगरपालिका–११ मा से ६ प २२३० नम्बरको मोटरसाइकल दुर्घटना हुुँदा सोही नगरपालिकाको वडा नम्बर ५ का ५५ वर्षीय गोपाल आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।

डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएका थिए। त्यसपछि उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लग्दा उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.