१६ वर्षकी बालिकालाई गाउँपालिका अध्यक्ष बनाईंदै

दार्चुला ।  मोरङमा एक बालिकालाई एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइँदै छ। बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेवलाई आज एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइने भएको हो।

उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिका प्रमुख बनाउन लागिएको र उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम गर्ने बताइएको छ। स्थानीय सरकार र सरकारले गर्ने काम कारबाहीबारे बालबालिकालाई जानकारी गराउन उनलाई एक दिने गाउँपालिका प्रमुख बनाउन लागिएको राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए।

गाउँ कार्यपालिकाले सोमबार बैठक बसी बाल दिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.