Naya Sadar
Badar

अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट, तीन जनाको ज्यान गएको पुष्टि

Sadar Sano
Naya Mat patra

दार्चुला-अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ ।
विस्फोटमा परेर तीन जनाको ज्यान गएको पुष्टि भएको छ । कयौँ घाइते भएका छन् ।
विस्फोटमा परेर ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या बढ्न सक्ने काबुल प्रहरीले जनाएको छ । विस्फोटमा परेर २० जनाको ज्यान गएको र ४० जनाभन्दा धेरै घाइते भएको भनिए पनि पुष्टि हुन भने सकेको छैन । हिजो बेलुका नमाज पढ्ने समयमा मस्जिदमा विस्फोट भएको बीबीसीले जनाएको छ ।
गएको वर्ष तालिबान सत्तामा आएपछि काबुलमा भएको यो सबैभन्दा ठूलो विस्फोटको घटना हो । विस्फोट कसले गरायो भन्नेबारे पुष्टि हुन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.