ट्याक्टर दुर्घटनामा परी बैतडीको डिलाशैनीका एकजनाको मृत्यु

बैतडी । भारतमा ट्याक्टर दुर्घटनामा परेर बैतडीका एकजनाको मृत्यु भएको छ। डिलाशैनी गाउँपालिका–४ मल्लाजोखल्लीका इश्वरबहादुर नेगीको ट्याक्टर दुर्घटनामा मृत्यु भएको वडाअध्यक्ष हरिदत्त पन्तले बताउन्भयो।

भारतको हिमाञ्चल प्रदेशको काजा भन्ने स्थानमा मजदुरी गर्दै आएका बोहराको मृत्यु भएको उनले बताए। रोजगारीका लागि भारत गएका बोहराको उतै मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ। गत बुधबार बोहराको मृत्यु भएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.