दार्चुला – प्रधानमन्त्री शेरबहादुर देउवाले नेता प्रदीप गिरिको निधनले निकै स्तब्ध बनाएको बताउनु भएको छ ।
उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाले बताउनु भएको छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेता गिरिको आत्माको चिर शान्तिको कामना गर्दै यस दुस्खद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।