Naya Sadar
Badar

डोटीमा गठबन्धनबाट आलेले टिकट पाउने सम्भावना बलियो

Sadar Sano
Naya Mat patra

दार्चुला –संसदीय निर्वाचन घोषणासँगै दलहरु चुनावी तयारीमा जुटिसकेका छन्। सत्तारुढ गठबन्धन, नेकपा एमाले लगायतका दलहरुले चुनावका लागि भागवण्डा र टिकट वितरणको आन्तरिक तयारी र सुरसार पनि थालिसकेका छन्।
तर, गठबन्धन दलमा रहेका कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर, पूर्व मन्त्री तथा एकीकृत समाजवादीका प्रभावशाली नेता प्रेमबहादुर आले र सुदूरपश्चिम सरकारका मुख्यमन्त्री तथा नेकपा माओवादीका नेता त्रिलोचन भट्टको गृहजिल्ला डोटीमा भने टिकटका लागि रस्साकस्सी पर्ने देखिएको छ। सो क्षेत्रबाट बलायर, आले र भट्टले गठबन्धनबाटै टिकटका लागि दाबी गरेका छन्।
डोटीमा एकीकृत समाजवादीले आलेलाई उम्मेदवार बनाउने भनेर सिफारिससमेत गरिसकेको छ। कांग्रेसका बलायर पनि प्रतिनिधि सभा निर्वाचन लडेरै छाड्ने मुडमा छन्। यस्तै मुख्यमन्त्री भट्ट पनि माओवादीबाट बलिया दावेदारको रुपमा प्रस्तुत भएका छन्।
तर, यहाँ आलेले नै टिकट पाउने सम्भावना रहेको गठबन्धनको उच्च स्रोत बताउँछ। स्रोतका अनुसार डोटीमा कांग्रेसले पाउने सम्भावना न्यून रहेको छ। यो क्षेत्रमा कांग्रेस बलियो भएपनि गठबन्धनको सीट मिलाउँदा समाजवादीलाई दिनुपर्ने सम्भावना रहेको स्रोतको दाबी छ। माओवादीको पनि सम्भावना निकै कम रहेको बताइएको छ। नेकपा एमालेबाट निर्वाचित भएर नेकपा एकीकृत समाजवादीमा लागेका आले यहाँबाट उम्मेदवार बन्ने भएपछि कांग्रेसका बलायरले प्रदेशमा लड्नुपर्ने बाध्यता आउन सक्ने कांग्रेस नेताहरू बताउँछन्।
यसअघि गत निर्वाचनमा बलायरलाई नै पराजित गरेर आले सांसद भएका थिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेकै बेला बलायरलाई आलेले १ हजार ६३२ मत अन्तरले पराजित गरेका थिए। आलेले ३२ हजार ५१० मत ल्याउँदा बलायरले ३० हजार ८७८ मत पाएका थिए। २०७४ सालमा बलायर हराएका आले २०७० सालमा डोटी क्षेत्र नम्बर २ बाट सांसद बन्दा बलायर डोटी क्षेत्र नम्बर १ बाट विजयी भएका थिए।
गठबन्धन नगर्न चेतावनी नेपाली कांग्रेस डोटीका कार्यकर्ता तथा नेताहरुले डोटीमा गठबन्धन नगर्न चेतावनी दिएका छन्। उनीहरुले जिल्लामा एक्लै चुनाव लड्न सुझाएका हुन्। उनीहरुले डोटीमा ९० प्रतिशत मत कांग्रेससँग रहेको दाबी गर्दै जिल्लामा कुनै पनि पार्टीसँग गठबन्धन गरेको अवस्थामा मत होल्ड गर्ने चेतावनीसमेत दिएका छन्।

Leave A Reply

Your email address will not be published.