Naya Sadar
Badar

तस्करसँग कैलाली प्रहरीको ‘सेटिङ’ ! प्रशासन अगाडिबाटै समातिएको चिनी रातरात गायब

Sadar Sano
Naya Mat patra

दार्चुला- यही भदौ ८ गते राति जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले तस्करीको चिनी नियन्त्रणमा लियो। धनगढीको मुख्य बजार क्षेत्रबाटै अटोमा तस्करी हुन लागेको १८ कठ्ठा अर्थात ९ क्विन्टल चिनी प्रहरीले नियन्त्रणमा लिएको थियो। ती अटो चालकको पारिवारिक स्रोत अनुसार नियन्त्रणमा लिइएको चिनी छुटाउनका लागि प्रहरीका घुमुवा सोही ठाउँ अर्थात जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका थिए। तर, सामान नियन्त्रण गर्ने प्रहरी टोलीले छोड्न नमानेपछि अटोसहित चालक र ९ क्विन्टल चिनी जिल्ला प्रहरी कार्यालय कैलालीमा लगिएको थियो। त्यहाँ कैलाली प्रहरी नेतृत्वको निर्देशनपछि अटो चालक सोही समयमा घर फर्किए। चिनी र अटोलाई जिप्रकामा राखिएको थियो। तर दोस्रो बिहान भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा न अटो थियो न त चिनी। प्रहरीले नियन्त्रणमा लिएको चिनी र अटोलाई भन्सारमा बुझाउनु पर्ने हो। तर आर्थिक लाभका लिएका कारण तस्करीमा प्रयोग भएको अटो र चिनीलाई प्रहरीले सहजै छोडेको छ। कैलाली प्रहरी नेतृत्वको तस्करसँग ‘सेटिङ’ भएकै कारण उक्त सामान छोडिएको स्रोतले बताएको छ। तस्करी गर्ने समूहले प्रहरीलाई मासिक लाखौं रकम बुझाउने गरेको समाचार स्रोतको दाबी छ। यो घटनाले मात्रै प्रहरी नेतृत्वले आर्थिक लाभ लिएर अपराधीलाई संरक्षण गरेको पुष्टि हुन्छ। धनगढीका विभिन्न स्थानबाट भारतदेखि चिनी, हार्डवयरका सामान, कपडा, मोबाइल पार्टस् लगायतका सामान तस्करी हुने गरेको छ। तस्करी हुने स्थानमध्ये धनगढीको वडा नम्बर ९ मा पर्ने गौरीकटान पनि एक हो। उक्त स्थानबाट भारतदेखि तस्करी भएको सामान सोही क्षेत्रका स्थानीय ‘विष्ट’ थर भएका व्यक्तिको घरमा राख्ने गरिएको अन्य स्थानीयले बताएका छन्। त्यहाबाट रातिको समयमा सामान तस्करी हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय अगाडिबाटै खुलेआम तस्करी हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेको छ। धनगढीको बङ्ग्राकटान, गौरीकटान, जिल्ला कारागार पछाडि लगायतका स्थानबाट तस्करी हुँदा पनि प्रहरी आर्थिक लाभ लिएर चुप लागेको दाबी समाचार स्रोतको छ। यता जिल्ला प्रहरी कार्यालयले भने यस विषयमा अनविज्ञता प्रकट गरेको छ। कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले चिनी र अटोलाई छोडिएको जानकारी नभएको भन्दै यस विषयमा बुझ्ने बताएका छन्।

दिनेश खबरबाट साभार 

 

 

Leave A Reply

Your email address will not be published.