Naya Sadar
Badar

मूल्य घट्दा घटाउन अटेर गर्ने निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढायो

Sadar Sano
Naya Mat patra

दार्चुला – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरिरहेको निगमले मूल्य बढ्नासाथ भने नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढेर लिटरको १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो । पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.