२० वर्षमुनिको एसिया कप फुटबल छनोटमा नेपाल भुटानसँग २–० गोलले पराजित

दार्चुला- २० वर्षमुनिको एसियाकप फुटबल छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । बहराइनको शेख अलि विन मोहम्मद अल खलिफा मैदानमा गएराति भएको खेलमा भुटानले नेपाललाई २–० ले हराएको हो । भुटानले दुवै हाफमा एकरएक गोल गर्न सफल भयो । खेलको ३३औँ मिनेटमा भुटानका सोनाम छोझाङ र दोस्रो हाफको सुरुमै कर्मा टासी जाम्सोले गोल गरे । खेलको इञ्जुरी समयको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो ।अभिषेक वाइबाले फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । जितसँगै भुटानले पहिलो खेलमा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । छनोटको समूह ‘बी’ मा नेपाल, भुटान, कतार, बहराइन र बङ्गलादेश रहेका छन् । अब नेपालले दोस्रो खेलमा सोमवार कतारसँग, बिहीवार बहराइनसँग र आउँदो आइतवार बङ्गलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउने छ।

Leave A Reply

Your email address will not be published.