कञ्चनपुरमा ३ सय बढी घर डुबे, जनजीवन अस्तव्यस्त

दार्चुला-कञ्चनपुरमा लगातारको वर्षाको कारण आएको बाढीले ३ सय बढी घर डुबानमा परेका छन्। मोहना, दोदा, बनहरा नदीमा आएको बाढीले ३ सय बढी घर डुबानमा परेका हुन्। बाढीले शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा डुबान भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहीले बताए। उनकाअनुसार शुक्लाफाँटा–११ बनहरा शिविरमा २५ घर, वडा नं १२ दुवाहामा ४ घर, कृष्णपुर नगरपालिका–५ पवित्रा बस्तीमा ६० ७० घर, वडा नं ४ मा ७०र८० घर, बेलौरी(५ मा ३ घर र लालझाडी(३ मा १००र१५० घर डुबानमा परेका छन्। बाढीमा फसेका शुक्लाफाँटा–१२ दुवाहाका ४ परिवारका १६ जनाको उद्धार गरिएको छ। कृष्णपुर नगरपालिका–१ पुतली बजारमा बाढी कटान गरेको छ। बाढी प्रभावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए। ‘बाढी प्रभावित बस्तीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेका छौं, शुक्लाफाँटा र कृष्णपुरका बाढी प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा राखि सकेका छौं,’ उनले भने,‘लालझाडीमा उद्धारको काम भइरहेको छ।’

 

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.