दार्चुला- कैलालीको अत्तरिया बसपार्क कुरुप बन्दै गएको छ। मनलाग्दी खोकाछाप्रा र ठेलागाडाका कारण यात्रुवाहक सवारीसाधन बसपार्कमा पार्किङ गर्नै समस्या भइरहेको चालकको गुनासो छ। मनलाग्दी रुपमा जताततै फलफूल तथा तरकारीका ठेला लगाउने क्रम बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमै समस्या भइरहेको हो। तरकारीका ठेला मनलाग्दी रुपमा लगाउनेक्रम बढेपछि दुर्घटनाको जोखिम मात्र बढेको छैन, बसपार्क नै कुरुप बन्दै गएको खप्तड यातायात प्रालिका सचिव यज्ञराज अवस्थीले गुनासो गरे। ‘यात्रुवाहक सवारी बसपार्कमा आगमन र निकास नै बन्द हुनेगरी ठेला लगाउने क्रम बढेपनि यसको कहिँकतैबाट नियमन हुन सकेको छैन’ उनले भने। सडकदेखि सवारी पार्किङ गर्ने स्थान नै कब्जा गरेर ठेलमठेल रुपमा ठेला राख्नेक्रम बढेको छ।