दार्चुला –कैलालीका एक युवक बेपत्ता भएका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका(३ घर भएका १९ वर्षीय रमेश लामिछाने बेपत्ता भएका हुन्। गत भाद्र २९ गते बिहान कलेज जान्छुँ भनी गएका उनी कलेज नै नपुगी हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका उनको पारिवारिक स्रोतले जनाएको छ। लामिछाने पढाइको सिलसिलामा काठमाडौँ बस्दै आएका र काठमाडौँबाटै हराएका बताइएको छ। उनलाई कसैले फेला पारे नजिकको प्रहरी कार्यालय वा ९८१४६२६२३६र९८४८२७९७६४ मा सम्पर्क गरी सहयोग गरिदिन आग्रह गरिएको छ।