धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु , सात जना घाइते

दार्चुला– धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० हनुमानडाँडा नजिकै शनिवार दिउँसो ट्रक दुर्घटना हुँदा  दुई जनाको मृत्यु छ। ७ जना घाइते भएका छन् । कपिलबस्तुबाट सल्यानटारका लागि छुटेको ना ४ ख ८०४१ नम्बरको ट्रक धादिङबेसीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । दुर्घटनामा एकजना पुरुषको ज्यान गएको छ भने मृतकको परिचय खुलेको छैन । सल्यानटारमा असोज २८ गतेदेखि हुने महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिस तामाङले बताउनुभयो । घाइतेको उद्धार गरी उपचारका लागि धादिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.