घर फर्कने क्रममा खाेलाले बगाउँदा अछाममा १ महिला बेपत्ता

दार्चुला– अछामको मंगलसेन नगरपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने तापिरवा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।
खोलाले बगाउँदा मंगलसेन वडा नम्बर ११ गिटिखौलाकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी प्रहरीले जनाएको छ । आज दिउँसो २ बजेतिर बयलपाटाबाट घर फर्कने क्रममा उनलाई खोलाले बगाएको हो । अहिले नेपाल प्रहरी र स्थानीयवासीले कैलाश खोला क्षेत्र र तापिरवा खोला क्षेत्र वरपर बेपत्ताको खोजी गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.