दार्चुला –दार्चुलामा छ दिने बृहत स्वास्थ शिविर सम्पन्न भएको छ । यूथ भोलिन्टियर ग्रूपको ‘सुदूर स्वास्थ्य निदान पालिका स्तरीय वृहत् स्वास्थ्य शिविर’ कार्यक्रम अन्तर्गत दार्चुलाका तीन वटा स्थानीय तहमा निस्शुल्क एवम् वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
असोज ३० गतेदेखि कार्तिक ४ गते सम्म जिल्लाका शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकामा ६ दिनसम्म संचालन भएको ‘सुदूर स्वास्थ्य निदान पालिका स्तरिय बृहत स्वास्थ्य शिविर’ मा दुई हजार दुई जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । स्थानीय पालिकाहरूको आयोजना, युथ भोलिन्टर ग्रुपको संयोजन तथा बिर अस्पत्तालको प्राविधिक सहयोगमा शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा गत असोज ९३०(३१० गते, मालिकार्जुन गाउँपालिकामा गत कार्तिक ९१(२० गते तथा जिल्ला सदरमुकाम समेत रहेको महाकाली नगरपालिकाको खलंगामा कार्तिक ९३(४० गते शिविर संचालन गरिएको थियो । संबिधानले स्वास्थ्यलाई समान पहुँच र निशुल्क बनाउने मौलिक हकको रुपमा राखे पनि देशको भौगोलिक बिकटता, स्वास्थ्य उपकरणको अभाव, स्वास्थ्य जनशक्तिको अभावकै कारण सबैठाउँमा पहुँच र निशुल्क गर्न नसकिएको अवस्थामा स्थानिय स्तरबाट पहुँच भए जनसमुदाय सम्म पुर्याउन सकिन्छ भन्ने उदेश्यले शिविर संचालन गरिएको हो । यहाँबाट टाढा गएर बिशेषज्ञ डक्टरहरुसंगको पहुँचमा पुग्न नसकेको समुदाय स्तरमा स्वास्थ्यको परामर्श दिन र स्थानीय स्तरमै बिरामीहरुको रोग पत्ता लगाएर कुनै गम्भिर खालका बिरामी, आर्थिक अवस्था कमजोर भई उपचार गर्न नपाएका बिरामीहरुलाई आर्थिक भार नपर्ने गरी बीर अस्पत्तालको सेवा दिने वृहत् स्वास्थ्य शिविरको उदेश्य रहेको थियो । वरिष्ठ हाड जोर्नि तथा नसा रोग सम्बन्धि विषेशज्ञ डा। बिजय गुरुङ, महिला प्रजनन तथा स्त्रीरोग सम्बन्धि विषेशज्ञ डा। केसब आचार्य, मानसिक रोग सम्बन्धि विषेशज्ञ डा। ईश्वरी खनाल, जनरल एन्ड प्लास्टिक सर्जन सम्बन्धि डा। निरन महर्जन र फिजियोथेरापिस्ट धनेन्द्र नाथले चिकित्सकीय सेवा प्रदान गरेका थिए ।