दार्चुलामा ट्रयाक्टर दुर्घटना हुँदा चालक सहित २ को मृत्यु

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालीका वडा नम्बर ६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ भने २ जना घाईते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।दार्चुलाबाट गोकुलेश्वर तर्फ गईरहेको सु. प प्र ०२००१ त १४६७ नम्बरको ट्रयाक्टर उल्लानीमा दुर्घटना भएको हो ट्रयाक्टरमा जम्मा ४ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश साहीले बताउनुभयो । ४ जनामा २ को घटना स्थलमा मृत्यु भएको छ भने घाईते २ जनालाई गोकुलेश्वर अस्पताल लगेको प्रहरीले जनाएको छ ।
सनाखत हुन बाकी रहेको छ ।

health
Leave A Reply

Your email address will not be published.