दार्चुलामा आफ्नै कारणले बालकको मृत्यु भएको भारतीय पक्षको स्वीकार

दार्चुला-दार्चुलामा बालकको मृत्युको जिम्मेवार आफु रहेको भारतीय पक्षले स्वीकार गरेको छ । शुक्रबार ब्यास गाउँपालीका वडा नम्बर २ मा भारतीय पक्षले महाकाली नदीपारी सडक निर्माण गर्नको लागि विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालीका वडा नम्बर २ दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो। सोही घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यले मालीकार्जुन खबरलाई बताए । उनले भने आज शनिबार भारतीय पक्ष निर्माण कम्पनी र पीडित परिवारसँग छलफल भईरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यले भने । निर्माण कम्पनीले क्षतिपूर्ती दिन तयार रहेको जनाएको छ। मोटामोटी १० लाख रुपैँया सम्म दिने पनि सहमति भईरहेको उपाध्यले बताउनुभयो अहिलेसम्म भईुकेको छैन तर पिडित पक्ष र भारतीय पक्ष बिच सहमती भईरहेको उहाँले बताउनुभयो । तर, नीजि कम्पनी भएकाले आफूहरुलाई रोजगारी भन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ। गर्ग एण्ड गर्ग कम्पनीले सडक निर्माणका लागि जिलेटिन बिस्फोट गर्दा उछिट्टिएको ढुंगाले महराको मृत्यु भएको थियो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.