जनता परिवर्तनको मुडमा, दलभन्दा स्वतन्त्रलाई साथ दिने मनसाय

दार्चुला-दार्चुलामा चुनावी प्रचारप्रसार तिव्र गतिमा अघि बढिरहेको छ । राजनितिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारको टोलीले प्रचारप्रसारलाई तिव्रता दिएको छ । प्रतिनिधि सभामा राजनितिक दलका प्रतिनिधि मात्रै उम्मेदवार रहेको भएता पनि प्रदेश सभा क्षेत्र नं. १ को (क) मा दलका प्रतिनिधि संगै स्वतन्त्र उम्मेदवार समेत रहेकोले सिंगो जिल्लाबासीको ध्यान प्रदेशसभातर्फ केन्द्रित भएको छ । सिमा क्षेत्र, राष्ट्रियता र सार्वजनिक क्षेत्रको विषयमा कलमबाट तिखो प्रहार गर्दै आएका जिल्लाका अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ दार्चुलाका पुर्व अध्यक्ष शंकरसिह धामी प्रदेश सभा क्षेत्र नं. १ (क) बाट स्वतन्त्र उम्मेदवार बनेपछि राजनितिक दलका नेतादेखि मतदाता र जनताको ध्यानकेन्द्रित गराइदिएको छ । चुनावी इतिहासमा प्रचारप्रसारको क्रममा हालसम्म कुनै पनि उम्मेदवार नपुगेको व्यास गाउँपालिका वडानम्बर १ को छाङरु तिंकर क्षेत्रमा समेत घरदैलो गरेपछि प्रदेश सभाका स्वतन्त्र उम्मेदवार धामीको चर्चा झनै चुलिएको छ । त्यती मात्रै नभई स्वतन्त्र उम्मेदवार धामीले गाँउस्तरमा पनि अधिंकाश घरमा पुगेर मतदाताहरु संग भेटघाट गरिरहेकोले दलका नेता भन्दा पनि स्वतन्त्र उम्मेदवार प्रति जनता उत्साहित हुन थालेको स्वतन्त्र उम्मेदवार शंकरसिह धामी जिताऔँ अभियानका सदस्य एवं महाकाली नगरपालिका वडानम्बर ३ का स्थायी बासिन्दा महेशराज भट्टले जानकारी दिनुभएको छ । प्रत्येक चुनावमा दलबाट उम्मेदवार बनेर आउने भोट माग्दा झुटो बोल्ने र आश्वासन दिने काम बाहेक कुनै पनि कार्य नगरेकोले हरेक वस्तीका मतदाताहरु दलका उम्मेदवार भन्दा पनि स्वतन्त्र उम्मेदवारलाई सघाउने निष्कर्शमा पुग्न थालेको स्वतन्त्र उम्मेदवार शंकरसिह धामी जिताऔ अभियानका सदस्य भट्टले बताएका छन् । उहाँका अनुसार राजनितिक दलका उम्मेदवारहरुले पटक पटक जनतालाई ढाँट्ने र छलकपट गर्ने काम मात्रै गरेकोले हरेक मतदाताले दलभन्दा पनि स्वतन्त्र उम्मेदवारलाई साथ दिने निष्कर्शमा पुगीरहेको बताउनुभयो । प्रचारप्रसारको क्रममा उकु क्षेत्रमा पुगेका स्वतन्त्र उम्मेदवार शंकरसिह धामीले भने महाकाली लोकमार्ग अन्र्तगत बेत जोलजिवी उकु सलेती सडक कालोपत्रेको लागि ठेक्का सम्झौता भएको महिनौ वित्दा पनि दलका नेताहरुले कुनै चासो नदिनुले गम्भिर प्रश्न उठाएको बताउनुभयो । यसै वर्षको असार महिनामा ठेक्का सम्झौता भएको भएता पनि राजनितिक दलका नेताहरुले सडकको अवस्थाबारे कुनै चासो, चिन्ता र पहलकदमी नगरि भोट माग्न र झुटो बोल्न यो क्षेत्रमा पुग्ने गरेका छन् उनिहरुलाई भोट किन दिने भनेर जनताले प्रश्न गर्न थालेको स्वतन्त्र उम्मेदवार धामीले बताउनुभयो । जनताले परिवर्तन गर्ने संकेत दिईसकेको छ सवै मतदाताहरु परिवर्तनको मुडमा रहेकोले मंसिर ४ गते मात्रै कुरिरहेको उनको भनाई छ । मंसिर ४ गते प्रदेश सभा क्षेत्र नं. १ को (क) क्षेत्रमा हरेक मतदाताले बलफमा मतदान गरि समाजलाई उज्यालोतर्फ लैजानेमा आफु विश्वस्त रहेको स्वतन्त्र उम्मेदवार धामीको प्रतिक्रिया रहेको छ।
Leave A Reply

Your email address will not be published.