कञ्चनपुरको सभामा भीम रावलको खोजी : एमाले अध्यक्ष ओलीले उल्टै हपारे

दार्चुला –नेकपा एमालेले कञ्चनपुरमा आयोजना गरेको चुनावी सभामा भीम रावलको खोजी भएको छ। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका बेला भीम रावलको खोजी भएको हो। सभामा सहभागीले भीम रावल भनेपछि ओलीले उल्टै हपारेर भने, ‘भीम रावलको तपाईंलाई किन चिन्ता प¥योरु २०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता रु अरुलाई पालो दिनुपर्दैनरु एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्यारु के भीम रावलरु थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’ ओली डडेल्धुरामा कर्ण मल्ललाई एमालेले समर्थन गरेको र कसैलाई मन परे पनि, नपरे पनि उनैलाई सघाउन कार्यकर्तालाई निर्देशन दिएका छन्। त्यस्तै, कर्ण मल्लको समूहले प्रदेश सभामा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भनेको र त्यसको कार्यान्वयन हुने विश्वास उनले व्यक्त गरे। रावलले टिकट नपाएपछि एमालेको एउटा पंक्ति ओलीप्रति असन्तुष्ट छ। रावलले पनि ओलीको आलोचना गर्दै आएका छन्। रावलले ०५१ को मध्यावधि निर्वाचनबाट संसदीय यात्रा सुरु गरेका थिए। रावल ०६४ को संविधान सभा निर्वाचनमा मात्रै पराजित भएका थिए।

दिनेश खबरबाट सभार

Leave A Reply

Your email address will not be published.