हुम्लामा ४ दिनपछि मतपेटिका सदरमुकाम ल्याइयो

हुम्ला – हुम्लामा मतदान सकिएको चार दिनपछि आज बुधवार मतपेटिका सदरमुकाममा ल्याइएको छ ।

सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको एक सय ३४ वटा मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेरअघि सदरमुकाम सिमकोट ल्याइएको हुम्लाका मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले जानकारी दिनुभयो । सबै ठाउँबाट मतपेटिका ल्याइएको र अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

सर्वदलीय बैठकपछि बेलुकीसम्ममा मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत सापकोटाले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.