तारा एयरको जहाजमा चिल ठोक्कियो

दार्चुला- नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ। हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ। दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को(पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए।

health
Leave A Reply

Your email address will not be published.